हार्दिक बधाई - सुश्री ईश्‍वरी गुरूङलाई

प्रत्‍येक आमा बाबाको आकांक्ष हुन्‍छ, आफ्‍नो छोराछोरीले सफलता चुमि उज्‍जलमय भविष्‍य बनाउन सकोस् । यहि सकारले प्रफुल्‍ल बनेकोछ श्री लक्ष्‍य गुरूङ र श्रीमति शोभा गुरूङ, छोरी सुश्री ईश्‍वरीको सन् २००८को A Levelमा उत्‍कृष्‍ट नतिजा हासिल गरेकोमा । जसमा Biology, Chemestry र Maths सबै बिषायमा A Grades प्राप्‍त गरेकोछ ।

सुश्री ईश्‍वरी गुरूङ Jun2005मा बेलायत आगमन भएको लगत्तै Sep महिना देखि St. James Catholic High School - Collindaleमा भर्ना भइ त्‍यही सालमा GCSE परिक्षामा सोहि बिद्यालयको बिद्यार्थीहरू मध्‍धे उत्‍कृष्‍ट नतिजा ल्‍याएकोमा बिद्यालयको तर्फबाट समेत पुरूस्‍कृत भएको थियो । त्‍यसमा 5 x A*, 2 x A र 1 x B हासिल गरेका थिए । यस भन्‍दा अगडि वहा Little Angels School - Kathmanduमा सन् २००२ देखि अध्‍ययनरत थिए । बाल्‍यकाल देखिको शैक्षिक जिवानको सुरूआत भने St. Mary's पोखराबाट सुरूआत भएको हो

जतिपनि अहिले सम्‍म अध्‍ययनक्रममा प्राप्‍त सफलताका कारक सबै आमाबाबाको देन रहेको प्रकट गर्नु हुन्‍छ । जस्‍लाइ ईश्‍वरीले यस प्रकारले स्‍पष्‍ट गर्नुहुन्‍छः राम्रो बिद्यालयमा पढ्‌न पाएको र बिशेषता पिताजीको ब्‍यवाहारिक र बिस्‍वस्‍त सल्‍लाह र निर्देशन नै सफलताको स्रोतहरू हुन् भन्‍नु हुन्‍छ । साथै St. Mary'sमा अध्‍ययनरत हुदा बिद्यालयको कडा तर निष्‍पक्ष बातावरणले अनुशासित चरित्रको बिकाश गराएकोले पनि अध्‍ययनमा सफलता प्राप्‍त गर्न टेवा पुगेको बिचार ब्‍यत्त गर्नुहुन्‍छ ।

Little Angelमा पढाउने अंग्रजी शिक्षिका जस्‍तै आफु पनि सफल तथा आत्‍मनिर्भर ब्‍यत्ति बन्‍ने प्रेरणा मिलेको बताउनुहुन्‍छ । हालमा भबिष्‍यको निश्‍चित गन्‍तब्‍य प्रति कुनै ठोस निर्णय गर्न बाकी नै रहेको जसको लागि पहिला अध्‍ययन पुर्ण गर्नु पर्नेमा जोड दिनुभयो । यधपी यहि आउदो Oct 2008बाट Imperial College - Londonमा Bio-Chemestry मा BSc अध्‍ययन सुरू गर्नुहुदैछ ।

सुश्री ईश्‍वरी गुरूङको A Levelको ३ वटा बिषायमा A Grades हासिल गरेकोमा हार्दिक बधाई ज्ञपान गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं


बर्न्‍ट ओक नेपाली समाज, लण्‍डन

Comments

well done

well done