बर्न्ट ओकमा नयाँ कार्यसमितिले काम थाल्यो

लण्डन बर्न्ट ओक नेपाली समाज युकेको तेस्रो कार्यसमितिले गत ३ जनवरीमा बसेको बैठकबाट कार्यभार सम्हालेको छ । उक्त बैठक एभरेष्ट रेष्टुरेन्ट एजवेयरमा सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको चयन २७ सेप्टेम्बर २००९ मा भएको साधारण सभामा गरिएको थियो । नयाँ कार्यसमितिको कार्यअवधि जनवरि २०१० देखि जनवरि २०१३ सम्म रहनेछ ।

निवर्तमान अध्यक्ष मोहन गुरुङले सहभागी सदस्यहरुलाई स्वागत गर्दै क्रिसमस नयाँ वर्ष र तमु ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । सभामा कार्यभार सुम्पिने लगायत नयाँ कार्ययोजनाको बारेमा व्यापक छलफल भएको थियो ।
निवर्तमान कोषाध्यक्षले गत वर्षको सम्पूर्ण आय-व्यय प्रस्तुत गरी संस्थाको खाता नयाँ काषाध्यक्ष विष्णु गरुङलाई हस्तान्तरण गर्नभएको थियो । त्यसैगरी लक्ष्य गुरुङले महासचिवलाई सचिवालयको र मोहन गुरुङले लक्ष्य गुरुङलाई सस्ंथाको डकुमेण्टहरु हस्तान्तरण गर्नु भएको थियो ।

समाजको आमा उपसमिति कोषको प्रतिवेदन श्रीमती कमला गुरुङले सभामा प्रस्तुत गर्नुभइो । संस्थाको खाताभन्दा वग्लै राखिने गरिएको यस कोषको आयस्रोत र प्रयोगको बारेमा समेत कमला गरुङले प्रष्ट पार्नुभएको थियो । 

समाजको सम्पत्तिका रुपमा रहेका भाँडा कुँडा र सामानहरु भाडामा प्रयोग गर्न पाउने बैठकले निर्णय गरेको छ । संस्थासँग झण्डै ६०-७० जनासम्मलाई नेपाली परिकार तयार गर्न सकिने सामाग्री लगायत तम्वु बीबीक्यूको स्टाण्ड कुर्ची टेवल इत्यादि सामाग्रीहरु छन् । समाजका सदस्यलाई १० पौण्ड र अन्यलाई २० पौण्डमा उक्त सामाग्रीहरु भाडामा प्रयोग गर्न दिइने र ग्याँसका लागि छट्टुै १० पाणै ड तिर्नु पर्ने प्रावधान राखिएकोछ ।

बैठकमा खानाको व्यवस्था आमा समूहले गरेको थियो । बैठकमा नयाँ र पुरानो कार्यसमिति लगायत अन्य सदस्यहरु पनि उपस्थित थिए । कार्ययोजना छलफलमा अगामी कार्यक्रमहरुको मिति तोकिएको छ । संस्थालाई च्यारिटीमा दर्ता गर्नलाई आवश्यक जानकारी बुझ्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिइएको छ । 

बेलायतमा नेपाली विद्यार्थीले भोगेका समस्यामा समाजले सहयागे गर्ने प्रतिबद्धता जाहेर गर्नुको साथै सहयोग गर्दै आएका व्यक्तिहरुले आफ्ना अनुभव समेत भेलामा
प्रस्तुत गरेका थिए । सहयोग प्राप्त गरेका विद्यार्थीले सहयोग दिने व्यक्तिलाई बाधा पुर्याएका अनुभवबाट सिक्दै सावधानी अपनाएर सहयोग गर्नुपर्ने सुझाव दिइएको
थियो ।

दुर्बस्यनीबाट पीडित युवा पिँढीहरुको संख्या नेपाली समाजमा बढ्दै गएको तथ्यलाई भेलाले चिन्ताको विषयका रुपमा लिएको छ । समाजमा कसैको छोराछोरी कुलतमा लागेको थाहा पाएमा उसको आमा बाबुलाई जानकारी दिनपर्ने र पीडित पक्षले नकारात्मक रुपमा नहेर्ने सुझाव समेत सहभागीहरुले राखेका थिए । समस्याले पीडित भएमा टर्निङ पोयण्ट लगायत विभिन्न निकायबाट सहयोग प्राप्त गर्न सकिने जानकारी बैठकलाई गराइएको थियो ।

समाजको आगामी कार्य समितिको बैठक १४ फब्रुअरी भलेन्टाइन डे को दिन हुन् समते समाजले जनाएको छ ।